New curriculum Class 8 Model question Comp. Nepali 2081
New curriculum Class 8 Model question Comp. Nepali 2081: Are you struggling to ace your upcoming Nepali exam? The key to success lies in strategic practice! Our Latest Nepali Model Paper is here to transform your preparation. Designed by experienced educators, this paper mirrors the actual exam format, helping you sharpen problem-solving skills, manage time effectively, and build confidence. Whether you’re a student, teacher, or parent, this resource is your ultimate tool for excellence.
Thank you for reading this post, don't forget to subscribe!MODEL QUESTION PAPER – 2081/2024

GRADE VIII (CLASS-8 )
विषय – नेपाली
समय–२ घण्टा कक्षा – ८ पूर्णांङ्क्=३०
सबै प्रश्नहरुको उत्तर दिनहोस ।
प्रश्न १.दिइएका अर्थसँग मिल्ने शब्द छानी खाली ठाउँमा भर्नुहोस ।[१]
कर्तव्य , शुभारम्भ, अदम्य , पञ्चशील , प्रकाण्ड
- कुनै विषयमा पूरा ज्ञान भएको _________।
- असल कामको थालनी ___________।
- मानिसले गर्नु पर्ने काम ________।
- वौद्ध धर्मका मुख्य पाँच नियम ____________।
प्रश्न २. खाली ठाउँमा मिल्दो शब्द भर्नुहोस ।[१]
- नभको उस्तै अर्थ दिने शब्द __________हो । (बादल , पाताल , आकाश )
- __________अनेकार्थक शब्द हो । ( सात , तर, पात )
- अन्नको समावेश्य शब्द _______हो । ( भटमास , करेला, काउली )
- विशिष्ट को उल्टो अर्थ दिने शब्द _________हो । ( ठूलो , उत्कृष्ट , साधारण )
प्रश्न ३. अर्थ खुल्नेगरी वाक्यमा प्रयोग गर्नुहोस ।[२]
हात्तीको मुखमा जिरा , छमछम
प्रश्न ४. शुद्ध शब्द छानेर लेख्नुहोस ।[१]
शयपत्री , सयपत्रि , षयपत्रि , सयपत्री
पन्चामृत, पञ्चामृत , पञ्चामरीत , पंचामीत
प्रश्न ५. दिइएको वाक्यलाई शुद्ध पारी सार्नुहोस ।[१]
आमाले भन्नूभयो , आज हामि दाल र भात खान्छौं ।
प्रश्न ६. रेखांकित शब्दहरुको पदवर्ग छुट्टीयाउनुहोस ।[१]
परिश्रमी किसानले सधै परिश्रम गर्छ र यस धर्तीमा आफू वाचेर आरुलाई पनि वचाउछ ।
प्रश्न ७. दिइएका धातु र सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस ।[२]
- सरिताले कविता ___________(लेख पूर्ण वर्तमान )
- नेपाल सुन्दर देश ___________(वन इच्छार्थक )
- मेरो साथी परीक्षामा उत्तीर्ण __________(हु अज्ञात भूत )
- नेताहरुले देशको विकास __________(गर सम्भावनार्थक )
प्रश्न ८. दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस ।[१.५]
- ऊ सवैलाई आदर गर्छ । (प्रथम पुरुष )
- यसपाली तराइमा निकै रोग आएछ । ( अकरण )
- उनीहरुले निकै उन्नति गरेका थिए । ( एकवचन )
प्रश्न ९. तलको अनुच्छेद पढ़ी सोधिएका प्रश्नको उत्तर दिनुहोस ।[१.५]
हिजोआज समाजमा ससाना कुरालाई ठूलो बनाएर् झगड़ा गर्ने प्रचलन वढ्दोछ । यसले केटाकेटी को मनोविज्ञानमा कस्तो प्रभाव पर्ला कसैले सोचेकों पनि छैन । ठूलो ठूलो मानिसले पनि मानवता र मायालु व्यवहार देखाउन सकेका छैनन ।
प्रश्न हरु –
- अनुच्छेदवाट एउटा द्वित्व र एउटा समस्त शब्द पहिचान गरी लेख्नुहोस ।
- अनुच्छेदवाट एउटा उपसर्ग र एउटा प्रत्यय लागेर वनेका शब्द लेख्नुहोस ।
- माथिका रेखाङ्कनगरिएका शब्दको कारक र विभाझितपहिचानगरी तीनको नाम लेख्नुहोस ।
प्रश्न १०. दिइएको अनुच्छेद पढ्नुहोस र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस ।[१.५]
तल्लो भरयाङ् बाट भक्त ओर्लेको आवाज आएपछि भाजूलालले सिरानीमुनिबाट मूर्ति झिकेर खटियामाथि राखे अनि शान्त पूर्वक टुलुटुलु हेरे । हेर्दा हेर्दै परेला समेत फुलेका उनका आँखाका डिलमा आँसुका दाना टलपल छचल्कन थाले । १५ औं दिनको तेस्रो प्रहरमा ती भक्त आशापूर्ण हृदयले शिल्पकारको कोठामा आईपुगे । उनले श्रीकृष्णको मूर्तीलाई सानो खटियामाथि अङ्याएर राखेको देखे । देख्नासाथ लोभिएर आफ्नै हातमा लिई गहीरोसित हेर्न थाले । हेर्दाहेदै भित्रि आत्माबाट एक उदगार निस्कियो “आहा ! क्या मनोहर मूर्ति ! कति लिनुहुन्छ यो मुर्तिको ? अब कति दिनुपर्यो मैले ?” भाजू लाल बोलेनन् , केही बोलेनन् । मानौ , उनका गलामा सारा व्यथा थुप्रिएका थिए ।
प्रश्नहरु –
- श्रीकृष्णको मूर्ति कहाँ राखिएको थियो ?
- भक्तकों आत्माबाट के उदगार निस्कियो ?
- भाजुलालक गलामा किन व्यथा थुप्रिएका थिर ?
- भाजुलाल कसता स्वभावका माच्छे थिए ?
प्रश्न ११. दिइएको अनुच्छेद पढ़ी सारांश लेख्नुहोस ।[२]
पाल्पाको पहिचान ढाका कपड़ा र ढलोटको करुवासंग गासिएको छ । भोजपुरको खुकुरी र भाड़ाकुण्डा हरेक नेपालिका घरघरमा पुगेका छःन् । चितवनमा उत्पादन भएको मह झापाको बजारमा बिक्री भईरहेको छ । नुवाकोटमा फलेको तरकारी काठमांडौको भान्सामा पाकिररहेको छ । पाटनमा बनेका थाड़का डोल्पामा बेचबिखन भइरहेको छ । जुम्लामा फल्ने मार्सी धानले काठमांडौ पोखरालगायत सहरमा बजार पाएको छ । मानिसले जुम्ला सोलुखुम्बु र मुस्ताडको स्याउ गोर्खाको सुन्तला , रामेछपको जूनार खोजी खोजी खान् थालेका छन । हिजोआज मुलुकका प्राय : सबै ठाउँमा यातायातको सुविधा छ । यातायातका कारण पूर्वी नेपालमा उत्पादन हुने चिया पश्चिम नेपालमा पाइन्छ । यातायात तथा सञ्चारले फरक फरक ठाउँलाई मात्र होइन जनताका भावना र सम्बन्धलाई पनि जोड़ेको छ ।
प्रश्न १२. तलको कबितांश पढ़ी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस ।[२]
गाउँमा चर्किएका घरका भिताहरु
माटाले टालेर सुन्दर बनाउनु छ
खेतमा चिरा परेका गराहरु
आफ्नै पसिनाले ओसिलो बनाउनु छ
फुलाउनु छ पहाड़हरुमा रातो गुरास
जब देश स्वतन्त्र भएर बाच्छ
तब पो यो निश्चल आँखमा हिमाल हास्छ
डाफ़े चरिका रङ्गीन प्वाँख
रङ्ग्याउन बाकी छ मेरो देशको सपना
र देशको खम्बा भएर वाच्नु छ मलाई
प्रश्न हरु –
- खेतमा चिरा परेका गरालाई कसरी ओसिलो बनाउनुपर्छ ?
- देशको खम्बा भएर बाँच्नु छ मलाई भन्नुको तात्पर्य के हो ?
प्रश्न १३. कुनै एकको व्याख्या गर्नुहोस ।[२]
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदको त्यारो लासले धिक्कार्ला ।
वा
नेपालका कैंयौ पदमार्ग प्राकृतिक , धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण छन ।
प्रश्न १४. कुनै एक प्रश्न को उत्तर लेख्नुहोस ।
(क). दिइएको बुदाहरुका आधारमा शीर्षक सहितको छोटो जीवनि तयार पार्नुहोस ।[२]
नाम – गुरु प्रसाद मैलानी
जन्म मिति – १९५७ भदौ २३ गते
शिक्षा – घरमै अनौपचारिक शिक्षा
जन्म स्थान – धनकुटा
पुरख्यौली थलो – काभ्रेपलाञ्चोक
संग्लनता – वि.स १९८३ सालदेखी निजामती सेवाका विभिन्न कार्यालयमा
( न्याय विभागको अड्डा ) जागिरे
पहिलो कथा – नासो ( वि.स २०२० विभिन्न एघार कथाको संगालो
प्रवृति – सामाजिक विषयमा कथा लेखेर नेपाली कथा
साहित्यमा आधुनिकता भीत्र्याउने कथाकार
मृत्यु – वि. सं २०२८ काठमांडौ।
अथवा
‘राष्ट्रप्रति नागरिकको दायित्व’ शीर्षकमा संवाद लेख्नुहोस ।
प्रश्न १५. कुनै एक प्रश्नको लामो उत्तर दिनुहोस ।[३]
- तल दिइएको कथांश पठी सोधिएका प्रश्न उत्तर दिनुहोस ।
“म यो जुता फिर्ता गर्न आएकी हजूर” गुलाफ़ी भुँइतिर आँखा झुकाउदै निन्याउरे अनुहार लगाएर जुताको पोको मतिर बढ़ाइन ।
प्रश्न – गरिबीको मारमा परेका बालबालिकाले कसरी समाजको डरले आफ्ना चाहनालाई दबाउन वाध्य हुन्छन ? एकजोर जूता कथाका आधारमा लेख्नुहोस ।
- दिइएको जीवनीको अंश पढ़ी समीक्षात्मक उत्तर लेख्नुहोस ।
- सूतिरहेकै बेला अचानक माथिबाट हिमस्खलन हुन पुग्यो । ताबेइसहित अन्य सदस्य हिउभित्र दबिए । सायोगवंश साथमा रहेका नेपाली सहयोगी शेर्पाहरुको बहादुरी चलाखीपन र अथक परिश्रमबाट उद्धार सम्भव भयो सगरमाथा शिखर चुम्नुभन्दा केही दिन आगडिको यस घटनाले उनीहरुलाई विशेष पाठ सिकाएर छाडयो ।
प्रश्न
जुन्को ताबेइले पर्वतारोहणका क्रममा बेहोर्नु परेका समस्याको वर्णन गर्नुहोस ।
प्रश्न १६. कुनै एक शीर्षकमा १०० शब्द नघटाई निबन्ध लेख्नुहोस ।[३]
- मेरो जीवनको लक्ष्य
- समयको महत्व
- कंप्यूटर र इन्टरनेट
***समाप्त***
How to Use This Model Paper Effectively
- Simulate Exam Day: Sit in a quiet space, set a timer, and avoid distractions.
- Analyze Performance: Use the answer key to grade yourself and identify weak areas.
- Revise Strategically: Spend extra time on topics where you lost marks.
- Repeat: Solve the paper multiple times to track progress.
Final Tips
- Stay Consistent: Practice daily, even if it’s just one section.
- Join Study Groups: Discuss solutions with peers for deeper understanding.
- Stay Positive: Confidence is half the battle won!
Good luck, future Nepali whizzes! 🚀
Share this resource with your friends and spread the success!
🔗Connected Explore More:
- 10 Quick Tips to Solve Nepali Paper Problems Faster
- Upcoming Advanced Model Papers